नियम
जग्गा एकीकरण कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्था -
१) योजना क्षेत्रभित्रको कुनै भागमा प्राधिकरणले जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्न चाहेमा वा जग्गा विकास कार्यक्रम सञ्चालन नभएको भागमा चार किल्ला खोली जग्गा एकीकरण कार्यक्रम सञ्चालन गराई पाउन सो ठाउँका कम्तीमा एक्काउन्न प्रतिशत जग्गाधनी वा मोहीहरुले निवेदन दिएमा कम्तीमा पचास परिवार बसोबास हुने ठाउ“मा प्राधिकरणले जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्ने भएमा प्राधिकरणले स्थानीय जग्गाधनी वा मोहीहरुको सहभागिता जुटाउन उपभोक्ता समिति गठन गर्न सक्नेछ र उपभोक्ता समितिको सहयोगमा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्नेछ ।
(३) जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्दा प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गरी जग्गा एकीकरण कार्यक्रम सञ्चालन भएको भागमा रहेका अचल सम्पत्ति टुत्रायाउन वा भौतिक परिवर्तन गर्न नपाउने गरी ऐनको दफा ७ को अधीनमा रही बढीमा दुई वर्षको लागि रोक लगाउन सक्नेछ ।